अब चार दिन पहिले सेन्सर सिफारिस लिए हुने, राति ११ बजेपछि फिल्म हेर्न पाइने


१२ पुष २०७९, मंगलवार
flim hall 1
फाइल फोटो : चितवनमा गरिएको महापुरुषको प्रिमियर

काठमाडौं । चलचित्र विकास बोर्डले फिल्म सेन्सरसम्बन्धी नियमलाई परिवर्तन गरेको छ । सोमबार बसेको बोर्ड बैठकले एक हप्ता अघिदेखि नै फिल्म सेन्सरलाई सिफारिस गर्नुपर्ने नियम परिवर्तन गरी अब चार दिन अगाडि दरखास्त पेश गर्दा हुने नयाँ निर्णय गरेको हो ।

पहिला स्वेदशी तथा विदेशी फिल्मको सेन्सर सिफारिस लिनका लागि एक हप्ता अगाडि दरखास्त पेश गर्नुपर्ने नियम थियो । यस्तै, बोर्डले बेलुकी ११ बजेपछि फिल्म प्रदर्शन गर्नुपर्दा आवश्यक शान्ति सुरक्षाको व्यवस्था गरी प्रदर्शन गर्न सक्ने निर्णय गरेको छ । तर, उक्त समयमा फिल्म प्रदर्शन गर्नुपरे बोर्डलाई जानकारी गराउनु पर्नेछ ।

यसअघि बेलुका ११ बजेसम्म सकिने गरी चलचित्र प्रदर्शन गर्नुपर्ने नियम थियो । ११ बजेपछि प्रदर्शन गर्नुपरेमा सम्बन्धित जिल्ला प्रशासन कार्यालयको स्वीकृति लिइ चलचित्र विकास बोर्डलाई समेत जानकारी गराउनुपर्ने प्रावधान थियो ।

यस्तै नेपाल चलचित्र क्षेत्रका समस्याहरुको समाधान र यस क्षेत्रको हितका लागि विभिन्न संघ–संस्थाहरुसँग वार्ता,छलफल तथा अन्तरक्रियाको लागि चलचित्र विकास बोर्ड सदैव तयार रहेको अध्यक्ष भुवन केसीले बताएका छन् । चलचित्र संघले एक हप्ताअघि सेन्सर सिफारिस लिनुपर्ने, ११ बजेपछि फिल्म प्रदर्शन गर्न नपाउने बोर्डको निर्णयविरुद्ध आन्दोलन घोषणा गरेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७