रोनाल्डोलाई कतारमा भव्य स्वागत {तस्वीरहरु}


२० पुष २०७९, बुधबार
ronaldo

काठमाडौं । साउदीको अल नासर फुटबल क्लबले रियादको मिसूल पार्क रंगशालामा भव्य समारोहका बीच पोर्चुगिज खेलाडी क्रिस्टियानो रोनाल्डोलाई स्वागत गरेको छ ।

ronaldo 1

केहि दिनअघि म्यानचेस्टर युनाइटेड छाडेर नासरसँग आबद्ध भएका रोनाल्डोलाई क्लबले भव्य स्वागत गरेको हो । मंगलबार साँझ रंगशालामा रोनाल्डोलाई स्वागत गर्न हजारौं साउदी फुटबल फ्यानहरूको सहभागिता रहेको थियो । रंंगशाला पुग्नुअघि रोनाल्डो साउदीको राजधानीमा नासर क्लबका अध्यक्ष मुसल्ली अल्मुअम्मर र टोलीका मुख्य प्रशिक्षक फ्रेन्च रुडी गार्सियासँगै पत्रकार सम्मेलनमा सहभागी रहेका थिए । पत्रकार सम्मेलनमा बोल्दै रोनाल्डोले भने, ‘म यो ठूलो निर्णय गर्न पाउँदा गर्व महसुस गरिरहेको छु ।’

ronaldo 2

रोनाल्डोले आफूलाई यो अवसर दिएकोमा नासरप्रति कृतज्ञता व्यक्त गर्दै साउदी क्लबमा आवद्ध हुने निर्णयबाट आफ्नो परिवार निकै खुसी भएको समेत बताए । उनले आफू र आफ्नो परिवारलाई साउदी आइपुग्दा भएको न्यानो स्वागत दिएको भन्दै खुसी व्यक्त गरे । ‘साउदी अरेबियाका मानिसहरू म र मेरो परिवारसँग मायालु छन्, त्यसैले म साँच्चै गर्व गर्छु ।’ रोनाल्डोले उत्साहित हुँदै भने ।

ronaldo 3

रोनाल्डो आफ्ना साथी जर्जिना रोड्रिग्वेज र उनका छोराछोरीसँगै नासरसँग आधिकारिक रुपमा सम्झौता गरेको तीन दिनपछि मंगलबार बिहान साउदी आइपुगेका थिए । रोनाल्डोले नासरसँग जुन २०२५ सम्म खेल्ने सम्झौता गरेका थिए । करिब २०० मिलियन डलर वार्षिक पारिश्रमिक लिएर रोनाल्डोले नासरसँग साढे दुई वर्षको सम्झौता गरेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७