क्यान निलम्बन फुकुवा हुने संकेत


५ बैशाख २०७५, बुधबार
can

काठमाडौं, ५ बैशाख । करिब दुई वर्षदेखि इन्टरनेशनल क्रिकेट काउन्सिल( आईसीसी)को निलम्बनमा रहेको नेपाल क्रिकेट सघं(क्यान) फुकुवा हुने संकेत देखिएको छ । can nepal and icc

क्यानले बिहिबार र शुक्रबार बोलाएको विशेष साधरण सभाबाट संसोधन गर्न लागेको विधानको आइसीसिले स्वागत गरेको छ । आईसीसीले क्यानको विशेष साधारणसभालाई स्वीकृति दिनुका साथै पहललाई सकारात्मक रुपमा लिएको जनाएको छ ।

यसअघि आईसीसी कै पहलमा विवाद समाधानका लागि सल्लाहकार समिति गठन भएको थियो । त्यो समितिले क्यानको विधान संशोधन गरे पनि निर्वा्चित क्यानले आफ्नो अडान राख्दै विवाद सिर्जना गरेको थियो । त्यस विधानलाई आईसीसीसामु बुझाए पनि आइसीसि सन्तुष्ट नहुँदा फेरि साधारणसभा गरेर सल्लाहकार समितिले तयार पारेको विधान अनुसार नै पारित गर्न निर्देशन दिएको थियो ।

क्यानले विशेषसाधारण सभा बोलाउनका साथै हदैसम्म लचकता अपनाउने बताएको छ । साधरणसभाको विषयमा जानकारी दिन डाकिएको पत्रकार सम्मेलनमा क्यानका महासचिव महासचिव अशोकनाथ प्याकुरेलले निलम्वन हट्ने हो भने जस्तौ सुकै लतचक अपनाउन तयार रहेको बताए । उनले भने,‘प्रस्तावित विधानको मस्यौदामा हामीले आईसीसीले भने अनुसारका धेरै कुरा समेटेका छौं, यदि नेपाली क्रिकेटको निलम्बन फुकुवा हुन्छ भने हामी जतिसम्म लचक हुनुपर्ने हो त्यति लचक भैदिन्छौं ।’

उनले आईसीसीको ३/४ वटा बुँदामा असहमति रहेको जानकारी गराउँदै अब निकास पाउने विश्वास व्यक्त गरे । उनले भने, ‘हामीले त अहिले आईसीसीले असहमति नराख्ने संशोधन गरेका छौं, यो ड्राफ्ट अब साधारणसभा पारित गरे नेपाली क्रिकेटको समस्या समाधान हुन्छ ।’

यसअघिको विधानमा क्यानको नेतृत्वको चयन गर्न पुरानो कार्यसमितिका १७ जनाले निशर्त मताधिकार पाउने र कार्यसमितिमा उम्मेद्वारी दिन पाउने व्यवस्थामा आईसीसीले सबैभन्दा ठूलो असहमति थियो । महासचिव पोखरेलले त्यो व्यवस्था अहिलेको विधानमा त्यो व्यवस्था हटाइएको जानकारी दिए ।

अब १७ जनाले साधारणसभामा सहभागिता जनाउन पाउने तर उम्मेद्वार बन्ने हो भने जिल्ला र प्रदेशबाट सदस्यता लिँदै आएपछि मात्रै उम्मेद्वार बन्न पाउने पनि प्रस्ताव तयार गरिएको छ । मताधिकार पनि स्वतः नपाउने तर तल्लो तहदेखि प्रक्रिया पूरा गरेर आएमा मात्रै मताधिकार पाउने गरि विधानमा संशोधन गरिएको छ ।

यस्तै पहिलेको विधानमा राखेपका ७ जना प्रतिनिधिले साधारण सभामा मताधिकारसहित सहभागी हुन पाउने उल्लेख रहेकोमा अब त्यो सहभागिता नरहने विधानमा उल्लेख छ ।

यस्तै क्यानको चुनाव अनुगमनको लागि पहिले ७ सदस्यीय अनुगमन टोली बनाउने यसअघि उल्लेख गरिएकोमा नयाँ विधानको मस्यौदामा आईसीसीका ३ जना, राखेपका १ जना र निर्वा्चित भनिएको क्यानका १ जना रहनेगरी ५ सदस्यीय समिति बनाउने उल्लेख छ ।

चुनावको लागि बन्ने ५ सदस्यीय समितिले अहिले जिल्लामा भैसकेको चुनावको पनि अध्ययन गर्ने र समस्या रहेका जिल्लामा समाधानको पहल गर्नेछ ।

क्यानको ३७ जिल्लामा जिल्ला संघको चुनाव भएकोमा भक्तपुर र ललितपुरमा भने विवाद रहेको छ । विवादित नरहेको ३५ जिल्लाका प्रतिनिधिले क्यानको नयाँ विधान पारित गरेमा आईसीसीले क्यानको निलम्बन फुकुवा गर्ने सम्भावना रहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७