गिरी विश्वकर्मा र तुलसी विश्वकर्माको म्युजिक भिडियो सार्वजनिक


२४ पुष २०७९, आईतवार
Giri Bishwakarma and tulasi Bishwakarma

काठमाडौँ, २४ पुस । भिडियोमा रङ्ग मञ्च र म्युजिक भिडियो दुवै क्षेत्रमा ख्याती प्राप्त कलाकार गिरी बिस्वकर्मा र तुलसी विश्वकर्मा अभिनय रहेको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ ।

अहिलेको चर्चित गायक प्रवीण बेडवालको स्वरको रहेको ‘सातै शूरको सरगम’ बोलको आइतबार सार्वजनिक भएको हो ।

श्रीकृष्ण राईको शब्द, शकंर सिंह ठकुरीको सङ्गीत, बाबुल गिरिको एरेन्जमा रहेको म्युजिक भिडियो

उक्त भिडियोलाई कुमार गजुरेलले निर्देशन गरेका हुन। त्यसोत निर्देशक गजुरेल म्युजिक भिडियोको दुनियाँमा नयाँ नाम भने होइन। उनले धेरै म्युजिक भिडियोहरू निर्देशन गर्नुका साथै कलाकारिता पाटोलाई पनि अगाडि बढाइरहेको पाइन्छ।

गजुरेलले यश भिडियोमा समाजमा घटिरहेको सत्य घटनाको कथा वस्तुलाई पृथक् तरिकाले प्रस्तुत गरेको पाइन्छ भने कलाकार दोय गिरी र तुलसीको अभिनय पनि तारिफ योग्य छ।

तुक छन्त्यालको छायाङ्कन,सम्पादन उदिप रिसालको सह निर्देशन, अविनाश राई प्रोडक्सन म्यानेजर रहेको उक्त भिडियो ‘कुमार गजुरेल’को युट्युब च्यानलमा राखिएको छ ।

भिडियाे

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७