रोल्पा पुगेका वर्षमानको स्वास्थ्यमा समस्या, हेलिकोप्टरबाट काठमाडौं फर्किए


३० पुष २०७९, शनिबार
Barshaman pun

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता तथा पूर्वमन्त्री वर्षमान पुनको स्वास्थ्यमा पुनः समस्या देखिएको छ ।
नेता पुनको स्वास्थ्यमा समस्या देखिएपछि उनी शनिबार हेलिकोप्टरमार्फत रोल्पाबाट काठमाडौं फिर्ता भएको पुनको सचिवालयल जनाएको छ ।

शनिबार रोल्पा समृद्ध फाउन्डेसनको कार्यक्रमका लागि सुनछहरी गाउँपालिकाको पोबाङ पुगेका पुनको स्वास्थ्यमा जटिलता देखिएपछि हेलिकोप्टरबाट काठमाडौं फर्किएका हुन् ।

शुक्रबार उक्त फाउन्डेसनको आयोजनामा होलेरीमा न्यानो कपडा वितरण कार्यक्रममा सहभागी भएका पुन शनिबार बिहान सुनछहरी गाउँपालिकामा वितरण गरेपछि दिउँसो पौने २ बजे काठमाडौं फर्किएका हुन् । शनिबार नै लुंग्री गाउँपालिकामा आयोजित विपन्न परिवारलाई ब्ल्यांकेट वितरण गर्ने कार्यक्रममा भने उनी सहभागी हुन सकेनन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७