मालेबाट ठुलो संख्यामा एमाले प्रवेश, सीपी मैनालीलाई पनि आउन ओलीको आग्रह


२ कार्तिक २०७४, बिहीबार

काठमाडौं : नेकपा (माले)का ठुलो संख्यामा नेता तथा कार्यकर्ता एमाले प्रवेश गरेका छन् । बिहीबार पार्टी मुख्यालय धुम्बाराहीमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मालेका नेता तथा कार्यकर्तालाई पार्टी प्रवेश गराएका हुन् ।

cPN UML

यस्तै पार्टी प्रवेश कार्यक्रम अध्यक्ष ओलीले बामपन्थी दल एक जुट हुनुपर्ने बताउँदै मालेका अध्यक्ष सीपी मैनाली लगायत स–साना बामपन्थी दलहरुलाई बाम गठबन्धनमा समावेश हुन आह्वान गरे ।

‘राजनीति भनेको टुक्रे पसल चलाए जस्तो हुँदैन । अब बामगठबन्धनमा आएर ठूलो पसल चलाउनुपर्छ ।’, उनले भने, ‘सीपीजीको कम्युनिष्ट आन्दोलनमा ठूलो योगदान छ । वहाँलाई पनि गठबन्धनमा आउन आह्वान गर्छु ।’

पहिले जेम्सवाटले इन्जिन बनाउँदा त्यो महान आविष्कार भए पनि अहिले त्यो भन्दा नयाँ र शक्तिशाली इन्जिन आइसकेको उदाहरण दिँदै उनले सीपी मैनालीको पार्टीको इन्जिन पुरानो भइसकेको जिकिर गरे । ‘अब वहाँ गठबन्धनको नयाँ इन्जिनमा आउनुपर्छ,’ ओलीले भने ।

कार्यक्रममा मालेका पोलिटव्युरो सदस्य तथा निवर्तमान प्रमुख सचेतक अइन्द्रसुन्दर नेम्वाङ, पोलिटब्युरो सदस्यहरु निलमणि बराल, हिक्मत देउवा, वीरेन्द्र थपलिया, गंगा चौधरी लगायत नेताहरु एमालेमा प्रवेश गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७