वागमती प्रदेश उपसभामुखमा एमालेकी अप्सरा चापागाईं निर्वाचित


२ माघ २०७९, सोमबार
Apsara

मकवानपुर । वागमती प्रदेशसभाको उपसभामखुमा नेकपा एमालेकी सांसद अप्सरा चापागाईं निर्वाीचत भएकी छन् । सोमबार बसेको प्रदेशसभा बैठकमा भएको मत विभाजन अनुसार बहुमत प्राप्त गर्दै उनी निर्वाचित भएकी हुन् ।

बैठकमा कुल १०८ सांसद सहभागी भएका थिए । सभामुख भुवन पाठक बाहेक १०७ सांसदले मतविभाजन प्रक्रियामा सहभागी भएकोमा चापागाईंको पक्षमा ६१ मत परेको हो । जुन तत्काल कायम रहेको सांसद संख्याको बहुमत हो । उनको विपक्षमा ३९ र ७ जनाले तटस्थमा मतदान गरेका थिए । उनी सत्तारुढ गठबन्धनबाट उम्मेदवार बनेकी थिइन् ।

गठबन्धनमा भएको सहमतिअनुसार एमालेले वाग्मतीमा उपसभामुख प्राप्त गरेको हो । उनलाई माओवादी केन्द्र, एमाले, राप्रपा र हाम्रो नेपाली पार्टीको साथ रहेको थियो । उपसभामुखका उम्मेदवार नेपाल मजदुर किसान पार्टीकी गीता काफ्लेको पक्षमा ३ मत, विपक्षमा ६१ र ४३ सांसद तटस्थ बसेका थिए । बहमुत सदस्य विपक्षमा भएपछि उपसभामुखमा उनको प्रस्ताव अस्वीकृत गरिएको थियो ।

दोस्रो चरणको मत विभाजनमै चापागाईंको पक्षमा बहुमत जुटेपछि कांग्रेसका उम्मेदवारको प्रस्ताव निर्णायार्थ पेस नै भएन । कांग्रेसले सुना परियारलाई उम्मेदवार बनाएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७