मतदाता नामावली दर्ता आजदेखि शुरु हुँदै


३ माघ २०७९, मंगलवार
nirbachan aayog

काठमाडौँ । मतदाता नामावलीको अनलाइन प्रारम्भिक दर्ता आज (मंगलबार) देखि शुरु हुँदैछ । निर्वाचन आयोगले माघ २ गते सोमबारदेखि नै अनलाइन दर्ता शुरु हुने जनाएको थियो । तर सोमबार राष्ट्रिय शोक बिदा परेकाले आजबाट दर्ता शुरु हुने आयोगले जनाएको छ ।

निर्वाचन आयोगका सहायक प्रवक्ता ऋषिराम भुसालले मंगलबारदेखि ७७ वटै जिल्लामा अनलाइन दर्ता शुरु हुने बताए । प्रारम्भिक दर्तासँगै नामावली स्थानान्तरण, मतदाता नामावली अद्यावधिक गर्ने कार्य समेत सँगै शुरु हुने सहायक प्रवक्ता भुसालले बताए ।

यसअघि बायोमेट्रिक भोटर्स रजिस्ट्रेसन सिस्टम (बीभीआईआर) मार्फत नामावली दर्ता हुँदै आएकोमा प्रणालीलाई स्तरोन्नति गरेर मोबाइलबाटै आफ्नो विवरण राख्न मिल्नेगरी प्रारम्भिक दर्ता शुरु हुन लागेको हो । प्रारम्भिक दर्ता भएपछि आयोगले पालो आउने दिनसहितको विवरण मोबाइलमा पठाउनेछ । त्यसपछि नामावली दर्ता गराउने व्यक्तिले बायोमेट्रिकका लागि सम्बन्धित निर्वाचन कार्यालयमा पुग्नुपर्ने आयोगले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७