आफ्नै दाइको हत्या आरोपमा पक्राउ


४ माघ २०७९, बुधबार
pakrau
सांकेतिक तस्वीर

नुवाकोट । आफ्नै दाइको हत्या गरेको आरोपमा नुवाकोटमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेमा बेलकोटगढी नगरपालिका–९ नलगाउँ बस्ने ३२ वर्षीय ईन्द्रसिंह तामाङ रहेका छन् । नुवाकोट प्रहरीकाअनुसार उनले आफ्नै दाइ ५२ वर्षीय जगत गौचन तामाङको लाठी प्रहार गरी हत्या गरेको हो ।

ईन्द्रसिंहले मादक पदार्थ सेवन गरी घरायसी विवाद झै–झगडा हुँदा लाठीले टाउकोमा प्रहार गर्दा गम्भीर घाइते भएका जगतको जिल्ला अस्पताल त्रिशूलीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७