यतीको विमान दुर्घटना अध्ययन गर्न आएको फ्रान्सेली टोली दुर्घटनास्थलमा


४ माघ २०७९, बुधबार
Yeti Air Crash French team

काठमाडौं । फ्रान्सबाट आएको विज्ञ टोली पोखरामा भएको यती एयरलाइन्सको एटीआर विमान दुघर्टनाबारे अध्ययन गर्न घटनास्थलमा पुगेको छ ।

टोलीले घटनास्थलको अवलोकन गरिरहेको छ । टोलीले उडानमा संलग्नहरुसँग पनि छलफल गरेर घटनाको बारेमा जानकारी लिइरहेको जनाएको छ । घटनास्थलका प्रमाणहरू संकलन भइरहेको हो । सरकारले विमान दुर्घटनापछि पूर्व सचिव नागेन्द्र घिमिरेको संयोजकत्वमा बनाएको पाँच सदस्यीय दुर्घटना जाँच आयोगले पनि पोखरामै रहेर काम थालेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ ।

जहाँजको ब्ल्याक बक्सको रिपोर्ट आउन ढिला हुने भएकाले रिपोर्ट कहिलेसम्म आउने भन्न नसकिने आयोगका एक सदस्यले बताएका छन् । ‘भर्खर जाँच सुरु भएको छ । सबै चिज सुक्ष्म ढंगले अध्ययन गर्नुपर्छ । त्यसमाथि सुरुमा ब्ल्याक बक्सको रिपोर्ट नआई केही भन्न सकिँदैन,’ आयोगका एक सदस्यले भने, ‘फाइनल रिपोर्ट आउन अझै केही समय लाग्छ । निश्चित छैन ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७