लुम्बिनीका मुख्यमन्त्री गिरीले आज विश्वासको मत लिंदै


५ माघ २०७९, बिहीबार
lila giri lumbini sapath

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले आज (बिहीबार) विश्वासको मत लिने भएका छन् । आज दिउँसो १ बजे बस्ने प्रदेशसभाको बैठकमा मुख्यमन्त्री गिरीले विश्वासको मत लिने भएका हुन् ।

एमाले संसदीय दलका नेता समेत रहेका गिरी एमालेका २९, माओवादी केन्द्रका १०, राप्रपा र नागरिक उन्मुक्ति पार्टीका ४/४, जसपा, लोसपा र जनमतका ३/३ र २ स्वतन्त्र सांसदहर सहित गरेर ५८ जना सांसदको समर्थनमा मुख्यमन्त्री बनेका थिए ।
८७ सदस्यीय रहेको प्रदेश सभामा विश्वासको मतको लागि ४४ मत आवश्यक पर्छ । मुख्यमन्त्री गिरीलाई ५८ जना सांसदको समर्थन रहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७