यौन दुर्व्यवहारको आरोपमा बार्सिलोनाका पूर्व डिफेण्डर आल्भेस पक्राउ


७ माघ २०७९, शनिबार
Dani Alves 1 1024x624 1

बार्सिलोना । ब्राजिलका डिफेण्डर ड्यानी आल्भेस यौन दुर्व्यवहारको आरोपमा स्पेनमा पक्राउ परेका छन् । एफसी बार्सिलोनाका पूर्व डिफेण्डरमाथि गत डिसेम्बरमा बार्सिलोनाको नाइट क्लबमा एक महिलालाई गलत तरिकाले छोएको आरोप लागेको छ ।

३९ वर्षीय आल्भेसले भने आफूमाथि लगाइएको आरोप झुटो भएको बताएका छन् । उनलाई प्रहरी हिरासतमा राखेर शुक्रबार अदालतमा पेस गरिएको थियो । अदालतले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ ।

बार्सिलोनाका लागि ४०८ खेल खेलेका उनले क्लबसँग ६ वटा लिग तथा तीन वटा च्याम्पियन्स लिगको उपाधि जितेका थिए । उनी सन् २०२२ को विश्वकपमा ब्राजिलको टोलीमा पनि समावेश थिए । हाल उनी मेक्सिकोको पुमास यूएनएएम क्लबसँग आबद्ध छन् । तर, जेल चलान भएसँगै क्लबले उनीसँगको सम्झौता रद्द गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७