सेनामा विष्कुट खरिदमा करोडौं घोटाला, गरिंदैन गुणस्तर मापन


७ बैशाख २०७५, शुक्रबार
army nepali

काठमाडौं, ७ बैसाख : बढी शक्ति दिने बिस्कुट खरिदमा नेपाली सेना र आपूर्तिकर्ता कम्पनीले हरेक बर्ष कानुनी प्रावधानलाई मिच्ने गरेको पाइएको छ । army nepali

बिस्कुट खरिद गर्नु पूर्व आपूर्तिकर्ता कम्पनीले गुणस्तर मापन गर्नुपर्ने र आपूर्ति गरिएका बिस्कुटको गुणस्तर मापन भए, नभएको प्रमाणीकरण गर्नुपर्ने बाध्यकारी प्रावधानलाई दुवै पक्षले उल्लघंन गर्ने गरेको पाइएको छ । २०७२ माघ १ गतेदेखि २०७५ पुस मसान्तसम्मका लागि सेनाको हाई एनर्जी बिस्कुट खरिदको जिम्मा चौधरी ग्रुपअन्तर्गतको पशुपति बिस्कुट इन्डस्ट्रिज प्रालिले पाएको छ ।

त्यस्तै, सेनाले करीब १७ करोड रुपैयाँ बराबरको कन्डेन्स मिल्क पनि चौधरी ग्रुपअन्तर्गतकै हेटौंडा इन्डस्ट्रिज प्रालिबाट खरिद गर्दै आएको छ । बिस्कुट र दूधको गुणस्तर सेनाले मापन नगराई आफ्ना जनशक्तिलाई उपलब्ध गराउने गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७