गुल्मीमा हात–खुट्टा बाँधिएको अवस्थामा आफ्नै घरभित्रै महिलाको शव फेला


१५ माघ २०७९, आईतवार
Gulmi woman death

गुल्मी । गुल्मीमा हात–खुट्टा बाँधिएको अवस्थामा आफ्नै घरभित्र एक महिलाको शव भेटिएको छ । मुसिकोट नगरपालिका–७ वामिटक्सारमा ५७ वर्षीया गंगा शेरचनको शव घरभित्रै फेला परेको हो ।

शव घरभित्रै रहेको र बाहिरबाट हेर्दा हात–खुट्टा बाँधेको अवस्थामा देखिएको मुसिकोट–७ का वडाध्यक्ष हरिहर सापकोटाले जानकारी दिए । उक्त घरमा उनी होटल चलाएर एक्लै बस्ने गर्दथिन् । घटनास्थलमा जिल्ला प्रहरी कार्यालयबाट प्रहरी टोली पुगेको छ ।

घटनाबारे अनुसन्धान भइरहेको गुल्मीका डीएसपी माधवराज खरेलले बताए । घटनाको अनुसन्धानको लागि कुकुर ल्याउने तयारी पनि भएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७