माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै


१९ माघ २०७९, बिहीबार
Mao meeting 2 scaled

काठमाडौँ । सत्ताको नेतृत्व गरिरहेको नेकपा (माओवादी केन्द्र) को स्थायी समिति बैठक आज (बिहीबार) बस्दै छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बिहान ११ बजे बैठक बस्ने पार्टी महासचिव देव गुरुङले जानकारी दिएका छन् ।

आजको बैठकमा नेताको जिम्मेवारी बाँडफाँट टुङ्गो लगाउने पार्टीको तयारी छ । यसअघि मंगलबार बसेको पदाधिकारी बैठकले नेताको जिम्मेवारी बाँडफाँटको जिम्मा अध्यक्ष, उपाध्यक्षलाई दिने निर्णय गरेको थियो ।

कार्य विभाजनसँगै बैठकमा समसामयिक राजनीतिक घटनाक्रमबारे पनि छलफल हुनेछ । राष्ट्रपति पदको निर्वाचन, गृह मन्त्रालयको नेतृत्वलगायत विषय सत्ता गठबन्धनमा देखिएको विवाद र समाधानबारे पनि छलफल हुने नेताहरूले बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७