माओवादी केन्द्रको बैठक पाँच घण्टा पछि सर्‍यो


१९ माघ २०७९, बिहीबार
perish dada party

काठमाडौँ । आज (बिहीबार) ११ बजेका लागि बोलाएको सत्तारुढ नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक पाँच घण्टा पछि सरेको छ । अध्यक्षलगायत शीर्ष नेताको कार्य व्यस्तताले बैठक सरेको नेताहरूले बताएका छन् ।

‘११ बजे बस्ने भनिएको बैठक चार बजे बस्ने गरी सरेको छ’, माओवादी केन्द्रका नेता गिरिराजमणि पोखरेलले भने, ‘शीर्ष नेताको कार्य व्यस्तताले सार्नु परेको हो ।’

आजको बैठकमा माओवादीले तीन महिना कार्ययोजना लिएर नेताहरू जनताका घरदैलोमा जाने निर्णय गर्ने बताइएको छ । त्यस्तै प्रदेश गठनका लागि अन्तरिम योजना बनाउने, चुनावी समीक्षा, विभागहरूको हेरफेर र जिम्मेवारीलगायतका विषयमा निर्णय गर्ने नेताहरूले बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७