साफ यू–२० महिला च्याम्पियनसिप आजदेखि : नेपाल र बंगलादेश भिड्ने


२० माघ २०७९, शुक्रबार
nepal bangaladesh

काठमाडौं । २० वर्षमुनिको साफ महिला च्याम्पियनसिप फुटबल शुक्रबारदेखि बंगलादेशमा सुरु हुँदैछ । बंगलादेशको ढाकास्थित मुस्तोफा कमल स्टेडियममा शुक्रबार हुने खेलमा नेपालले आयोजक बंगलादेशको सामना गर्नेछ ।

नेपाल र बंगलादेशबीचको खेल नेपाली समय अनुसार बेलुकी पौने ७ बजे सुरु हुनेछ । प्रतियोगिताको पहिलो खेलमा भने भारत र भुटानबीच प्रतिस्पर्धा हुनेछ ।

नेपालले प्रिती राईको कप्तानीमा प्रतियोगिता खेल्दैछ । अनुभवी प्रिती सिनियर राष्ट्रिय टोलीकी सदस्य समेत हुन् । प्रतियोगितामा नेपालसहित आयोजक बंगलादेश, भारत र भुटानको सहभागिता रहेको छ । राउण्ड रोबिन लिगको आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टोलीले उपाधिका लागि फाइनलमा प्रतिस्पर्धा गर्ने छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७