माओवादी केन्द्रको स्थायी कमिटी बैठक शुरू


२१ माघ २०७९, शनिबार
mao 1

काठमाडौं । पटक–पटक स्थगित हुँदै आएको सत्तारुढ नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा शुरू भएको छ ।

आजको बैठकमा समसमायकि राजनीतिक विषय, राष्ट्रपति निर्वाचन र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई पुनः गृह मन्त्रालय दिने वा नदिने बारे निर्णय हुने बताइएको छ । बैठकमा स्थायी र पोलिटब्युरो सदस्यको केन्द्रीय विभागको कार्यविभाजनको विषयमा छलफल हुनेछ ।

राष्ट्रिय स्वतन्त्र पार्टीले गृह मन्त्रालय नपाएर सरकार छाड्ने चेतावनी दिएसँगै माओवादी केन्द्रमा पनि त्यसबारे बहस भइरहेको छ । पार्टी बैठकमा पनि प्रधानमन्त्री समेत रहेका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सोबारे ब्रिफिङ गरिसकेका छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि रविलाई गृहमन्त्री बनाउन पर्ने दबाव दिंदै आएका छन् । यद्यपि रविको राहदानी विवाद अझै बाँकी रहेको र सर्वोच्चको पूर्णपाठ नआएकोले प्रधानमन्त्रीले गृह आफैं राख्ने बताउँदै आएका छन् । त्यस्तै, आजको बैठकमा यो सहित नेताहरूको जिम्मेवारी बाँडफाँटको विषयमा पनि छलफल हुने बताइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७