अग्नि सापकोटा र पम्फा भुसाल माओवादी केन्द्रको उपाध्यक्ष


२६ माघ २०७९, बिहीबार
agni pamfa

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) ले पूर्व सभामुख अग्नि सापकोटालाई उपाध्यक्ष बनाएको छ । यस्तै उपमहासचिव पम्फा भुसाललाई पनि बढुवा गरेर उपाध्यक्ष बनाइएको छ ।

माओवादी केन्द्रले बुधबार सर्कुलर जारी गरी सापकोटा र भुसाललाई पार्टी उपाध्यक्षमा बढुवा गरिएको जनाएको छ । यसअघि नारायणकाजी श्रेष्ठ वरिष्ठ उपाध्यक्ष र कृष्णबहादुर महरा उपाध्यक्ष थिए । पूर्व सभामुख सापकोटा पार्टीको कुनै पनि जिम्मेवारीमा रहेका थिएनन् । उपमहासचिवमा भुसालसँगै हरिबोल गजुरेल, जनार्दन शर्मा, वर्षमान पुन, गिरिराजमणि पोखरेल, मातृका यादव र शक्ति बस्नेत रहेका थिए ।

भुसालको भने बढुवा भएको हो । त्यसैगरी सचिवमा गणेश साह, दीनानाथ शर्मा, चक्रपाणि खनाल, देवेन्द्र पौडेल, लीलामणि पोखरेल, हितराज पाण्डे, हितमान शाक्य, राम कार्की र डिलाराम आचार्य रहेका छन् । कोषाध्यक्षमा श्रीराम ढकाल छन् । अब माओवादी केन्द्रमा पदाधिकारी २२ जना, स्थायी समिति सदस्य ४४ जना, केन्द्रीय समिति सदस्य तीन सय ८६ र वैकल्पिक केन्द्रीय समिति सदस्य दुई सय दुई जना रहेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७