इयुद्वारा भूकम्प प्रभावित टर्कीका लागि ३६ उद्धार टोली परिचालन


२६ माघ २०७९, बिहीबार
turkey4 HgScMvB12f

ब्रसेल्स । युरोपेली युनियन (इयु) सदस्य राष्ट्रहरू एवं इयु नागरिक सुरक्षा संयन्त्रमा सहभागी तीन देशहरूले भूकम्प प्रभावित तुर्किए, जेनेजमा बुधबार ३६ वटा उद्धार र चिकित्सा टोली पठाउने प्रस्ताव गरेका छन् ।

भूकम्पबाट उत्पन्न संकट व्यवस्थापनका लागि युरोपेली आयुक्त लेनार्सिकले सो कदम चालिएको बताएका छन् । टोलीमा करिब १ हजार ५ सय उद्धारकर्मी, स्वास्थ्यकर्मीका साथै एक सयवटा खोज तथा उद्धार कुकुर परिचालन गरिएको बताइएको छ ।

इयु सुरक्षा टोलीहरू पनि समन्वयमा सहयोग गर्न खटाइएको उनले बताए । सोमबार देशको दक्षिणी भागमा शक्तिशाली भूकम्प गएपछि तुर्किएले इयु नागरिक सुरक्षा संयन्त्र सक्रिय बनाएको छ ।

यस किसिमको समूह युरोप र बाहिरका कुनै पनि देशका लागि आवश्यक उद्धारका लागि तयार गरिएको हो । स्थानीय समय अनुसार सोमबार बिहान ४ः१७ मा तुर्किएको दक्षिणी प्रान्त कहरामनमारासमा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको थियो ।

टर्कीको दक्षिणी प्रान्त हाते र सिरियाको उत्तरी सहर एलेप्पोमा सबैभन्दा ठूलो जनधनको क्षति भएको छ । लेबनान, इजरायल र साइप्रसले पनि भूकम्पको धक्का महसुस गरेका छन् । इयुले भूकम्प प्रभावित देशहरूमा राहत र उद्धारको कामलाई तीव्रता दिएको जनाएको छ । (रासस–सिन्ह्वा)

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७