रियल मड्रिड पाँचौं पटक क्लब विश्वकप च्याम्पियन


२९ माघ २०७९, आईतवार
Real Madrid rSE6fhAAs1

काठमाडौँ । स्पेनिस क्लब रियल मड्रिड फिफा क्लब विश्वकप च्याम्पियन बनेको छ । साउदी अरेबियाको अल हिलाललाई ५–३ गोल अन्तरले हराउँदै रियल मड्रिड पाँचौं पटक क्लब विश्वकपको च्याम्पियन बनेको हो ।

मोरक्कोको रावतमा रहेको स्टेड प्रिन्स मोउले अब्दल्लाहमा गएराति रियललाई च्याम्पियन बनाउन भिनिसियस जुनियर र फेडे भाल्भेर्डेले २–२ तथा कप्तान करिम बेन्जेमाले एक गोल गरे ।

अल हिलालका लुसियानो डारियो भिट्टोले दुई तथा मोउसा मारेगाले एक गोल गरे । क्लब विश्व कपको पछिल्ला १० संस्करण युरोपियन क्लबले मात्रै उपाधि जितेका छन् । उपाधि नजिक पुगेको अल हिलाल क्लब विश्व कप जित्ने पहिलो एसियाली टिम बन्नबाट चुकेको छ । पाँच पटक फाइनल पुगेको रियल पाँचौँ पटक च्याम्पियन बनेको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७