सट्टेबाजीको आशंकामा कीर्तिपुर मैदानबाट एक जना पक्राउ


५ फाल्गुन २०७९, शुक्रबार
1676619174 1668317837 tu cricket ground 1200x560 1200x560 1

काठमाडौँ । काठमाडौंको कीर्तिपुरस्थित त्रिवि मैदानमा जारी आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गतको खेलमा सट्टेबाजीमा संलग्न भएको आशंकामा प्रहरीले एक नेपाली युवकलाई नियन्त्रणमा लिएको छ । मैदानमै खटिएका प्रहरीले नै उनलाई पक्राउ गरेका हुन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी) का प्रवक्ता एसपी सञ्जय सिंह थापाका अनुसार नेपाल र स्कटल्याण्डबीच खेलमा अनलाइन सट्टेबाजीमा संलग्न भएको आशंकामा एक जनालाई नियन्त्रणमा लिएर प्राविधिक पक्षको अनुसन्धान भइरहेको छ। प्रहरीले पक्राउ परेका व्यक्तिको परिचय भने खुलाएको छैन ।

त्रिवि मैदानमा आज नेपाल र स्कटल्याण्डबीच खेल भइरहेको छ । नेपालले २७५ रनका लक्ष्य प्राप्त गरेको छ । यो समाचार तयार पार्दासम्म नेपालले एक विकेटको क्षतिमा दोस्रो ओभर खेल्दै ३१ रन जोडेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७