वीर अस्पतालमा बर्न वार्ड सञ्चालन गरिने


६ फाल्गुन २०७९, शनिबार
bir hospital new

काठमाडौं। वीर अस्पतालमा ‘बर्न वार्ड’ सञ्चालनमा आउने भएको छ । वीर अस्पतालका नव नियुक्त कार्यकारी निर्देशक डा. सन्तोष पौडेलले तीन महिनाभित्रमा सो वार्ड सञ्चालनमा ल्याउने बताए ।

विसं २०७२ को भूकम्पले वार्ड रहेको भवन भत्किएपछि सेवा बन्द भएको थियो । ‘तीन महिनाभित्र बर्न वार्डसहित सघन उपचार कक्ष ९आइसियु०, शल्यक्रिया कक्ष हामीले सञ्चालन गर्नेछौं’, उनले भने, ‘अब जलन भएका बिरामीको उपचार गर्नेछौँ ।’

अस्पतालले नयाँ भवनबाट वार्ड सञ्चालन गर्ने छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले शुक्रबार डा. पौडेललाई अस्पतालको कार्यकारी निर्देशकमा नियुक्त गरेका हुन् । यसअघि कोभिड युनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल) को निमित्त कार्यकारी अधिकारीको जिम्मेवारी डा. भूपेन्द्र बस्नेतले पाएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७