राष्ट्रपतिबारे छलफल गर्न माओवादीको पदाधिकारी बैठक बस्दै


८ फाल्गुन २०७९, सोमबार
mao

काठमाडौं । सत्तारुढ नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक आज (सोमबार) बस्दै छ । बैठक दिउँसो ४ बजे पार्टी मुख्यालय पेरिसडाँडा बस्ने छ । बैठकमा फागुन अन्तिम साता हुने राष्ट्रपति निर्वाचनको छलफल हुने बताइएको छ ।

फागुन अन्तिम साता हुने राष्ट्रपति निर्वाचनमा पार्टीले कसलाई समर्थन गर्ने भन्ने विषयमा बैठकमा छलफल हुने माओवादी केन्द्रले जनाएको छ । यसअघि, सत्तारुढ दलहरुबीच राष्ट्रपति नेकपा (एमाले) र उपराष्ट्रपति माओवादी केन्द्रले लिने सहमति भएको थियो ।

नेकपा माओवादी राष्ट्रिय सहमतिका आधारमा राष्ट्रपति चयन हुनुपर्ने अडानमा छ भने अर्को सत्ता साझेदार दल नेकपा एमाले भने सत्ता समीकरण बनाउँदै गर्दाको सहमतिका आधारमा नेकपा एमालेको उम्मेदवार नै राष्ट्रपति बन्नु पर्ने बताइरहेको छ । राष्ट्रपतिको विषयले पछिल्लो समय सत्ता गठबन्धनमा असहमति देखिन थालेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७