बोरामा महिलाको शव फेला


८ फाल्गुन २०७९, सोमबार
sab GqFz5tfaWe

विराटनगर । हत्या गरी बोरामा पोको पारी फालेको अवस्थामा मोरङको बूढीगंगा गाउँपालिका–२ अमाहीमा आज (सोमबार) दिउँसो एक महिलाको शव फेला परेको छ ।

विराटनगर महानगरपालिका–१९ की २८ वर्षीया प्रियंका सुनारको शव भेटिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी टीकाबहादुर कार्कीले जानकारी दिएको छ । उनका अनुसार प्लाष्टिकको बोराभित्र पोको पारेर नरसिंह चौधरीको ग्वालीमा फ्यालेको अवस्थामा दिउँसो १२ बजेतिर शव फेला फेला परेको हो ।

प्रारम्भिक अनुसन्धानबाट प्रियंकाको हत्या भएको निष्कर्षमा प्रहरी पुगेको छ । डीएसपी कार्कीका अनुसार शरीरका विभिन्न भागमा चोट रहेको अवस्थामा शव फेला परेको हो । शरीरमा चोटपटक रहेका कारण हत्या भएको प्रारम्भिक निष्कर्ष निकालिएको जानकारी दिंदै उनले भने, ‘अन्यत्र हत्या गरी बोरामा पोको पारेर ल्याएई शव फ्यालेको हुनसक्छ ।’

घटनामा संलग्न भएको आशंकामा एक वृद्धसहित दुई जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा मोरङको कटहरी गाउँपालिका–५ का ६२ वर्षीय रामानन्द राम र विराटनगर–१९ का २९ वर्षीय रमेश साह छन् ।

घटनामा उनीहरुको संलग्नता छ कि छैन भन्ने यकिन हुन बाँकी रहेको डीएसपी कार्कीले बताएका छन् । घटनाका सम्बन्धमा विस्तृतमा अनुसन्धान अघि बढाइएको उनको भनाइ छ । थप अनुसन्धानपछि घटनाको वास्तविकता पत्ता लाग्ने जानकारी कार्कीले दिए । प्रहरीले घटनास्थलबाट शव उठाएर पोस्टमार्टमका लागि कोसी अस्पताल पु¥याएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७