राष्ट्रपति चुनावबारे छलफल गर्न माओवादीको पदाधिकारी बैठक जारी


८ फाल्गुन २०७९, सोमबार
Maobadi meeting 1 scaled

काठमाडौं । सत्तारुढ नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक शुरु भएको छ । केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको बैठकमा राष्ट्रपति निर्वाचनसहित समसामयिक विषयमा छलफल हुने जनाइएको छ ।

Maobadi meeting 2

निर्वाचनको मिति नजिँदै गर्दा राष्ट्रपतिको उमेदवारबारे गठबन्धनमै सहमति जुट्न सकेको छैन । आइतबार राति मात्र कांग्रेस नेताहरूले बालुवाटारमै पुगेर राष्ट्रपतिमा आफूहरूलाई सहयोग गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई आग्रह गरेका थिए । जवाफमा प्रचण्डले पार्टीमा सल्लाह गरेर निर्णय दिने बताएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७