दुई छोरासहित गण्डक नहरमा हामफालेकी महिलाको शव फेला


९ फाल्गुन २०७९, मंगलवार
Gandak badh

नवलपरासी । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–२ हरकपुरमा रहेको गण्डक नहरमा हराइरहेका तीन जनाको शव भेटिएको छ ।

दुई जना छोरासहित नहरमा हामफालेकी महिला र दुई बालकको शव सलले एकै ठाँउमा बाँधिएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी नायब निरीक्षक विनोद सिलवालले जानकारी दिऐ । गण्डक नहरमा आज मङ्गलवार दिउँसो नौ वर्षीय छोरा क्रिस र सात वर्षीय छोरा सुमितसहित आमा २९ वर्षकी प्रतिमा थारुले हाम फालेका थिए ।

यस घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । महिलाको मानसिक स्वास्थ्य राम्रो नभएको बताइएको छ । उनका श्रीमान रोजगारीको शिलशिलामा भारतमा रहेको पाइएको प्रहरीको भनाइ छ । उनले दुई छोरासहित किन नहरमा हामफालेर आत्महत्या गरिन् भन्ने अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७