सन्दीपको मुद्दा न्यायाधीश मल्ल र चुडालको इजलासमा


१४ फाल्गुन २०७९, आईतवार
sandeep lamichhane 20190401072744

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको दुईवटै मुद्दा न्यायाधीशद्वय सपना प्रधान मल्ल र कुमार चुँडालको संयुक्त इजलासमा तोकिएको छ ।

सन्दीपले उच्च आदालत पाटनले आफूलाई देश बाहिर जान लगाएको रोकका विरुद्व दिएको पुनरावेदन निवेदन र लामिछानेलाई थुनामै राखेर पुर्पक्ष गर्न माग गर्दै दायर निवेदनमाथि संयुक्त रुपमा सर्वोच्च अदालतमा सुनुवाइ हुन लागेको हो । यसअघि शुक्रबार सन्दीपको रिटमा सुनुवाइ भए पनि विदेश जाने अनुमतिबारे निर्णय भएन । न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले पीडितका तर्फबाट पनि रिट निवेदन परेकाले सँगै राखेर हेर्ने र सन्दीपको निवेदन तत्काल टुंगो लगाउनुपर्ने देखिएकाले अग्राधिकार दिने आदेश दिएको थियो ।

प्रधान र चुडालको इजलासमा सुरुमै उक्त रिटमा सुनुवाइ हुनेछ । उच्च अदालत पाटनले सन्दीपलाई २० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो। उक्त आदेशविरुद्ध दुवै पक्ष सर्वोच्चमा पुगेका हुन् । सन्दीपले विदेश जान लागेको प्रतिबन्ध हटाउन र धरौटी घटाउनसहितका माग गरेका छन् । तर पीडितका तर्फबाट सरकारले बलात्कार जस्तो गम्भीर मुद्दाका अभियुक्तलाई थुनाबाहिर राख्न नहुने दाबी गर्दै थुनामै राखेर मुद्दाको सुनवाइ गर्न माग गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७