सन्दीपको मुद्दा बन्द इजलासमा सुनुवाइ हुँदै


१४ फाल्गुन २०७९, आईतवार
sarbochha 1

काठमाडौँ । सर्वोच्च अदालतमा सन्दीप लामिछानेको मुद्दाको सुनुवाइ बन्द इजलासमा भइरहेको छ । सन्दीप लामिछानेलाई धरौटीमा छाड्ने उच्च अदालतको आदेशविरुद्ध सरकारले दिएको निवेदन र सन्दीपले विदेश जाने अनुमति माग्दै दिएको निवेदनको सुनुवाइ बन्द इजलासमा सर्वोच्च अदालतले गरिरहेको हो ।

सर्वोच्चका न्यायाधीशद्वय सपना प्रधान मल्ल र कुमार चुडालको इजलासमा दुवै रिट निवेदनको सुनुवाइ भइरहेको हो । इजलासले सुरुमा नै उक्त रिट निवेदन बन्द इजलासमा गर्ने आदेश दिएको र सोहीअनुसार बन्द इजलासमा सुनुवाइ भइरहेको सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले जानकारी दिए ।

बलात्कार तथा लैंगिक हिंसालगायत मुद्दाको सुनुवाइ बन्द इजलासमा गर्न सकिने कानुनी व्यवस्था छ । बन्द इजलासमा दुवै पक्षका वकिलको मात्रै उपस्थिति रहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७