सन्दीप लामिछानेलाई आजै यूएई पठाइने


१७ फाल्गुन २०७९, बुधबार
sandeep lamichhane 20190401072744

काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने आज यूएई जाने भएका छन् । सर्वोच्च अदालतले विदेशमा गएर खेल्न अनुमति दिएसँगै सन्दीप आज (बुधबार) दुबई जान लागेका हुन् । नेपाली क्रिकेट टोली विश्वकप लिग–२ अन्तर्गत यूएईमा जारी त्रिकोणात्मक श्रृंखला खेल्न यसअघि नै यूएई पुगिसकेको छ । सन्दीप अदालतको आदेश नआएका कारण रोकिएका थिए ।

नेपाल क्रिकेट संघ (क्यान) ले क्रिकेटर सन्दीप लामिछानेलाई आजै यूएई पठाउने तयारी गरेको हो । सर्वोच्च अदालतले सन्दीपलाई विदेश जान अनुमति दिएसँगै उनलाई विदेश पठाउनका लागि क्यानले मंगलबार देखि नै तयारी सुरु गरेको थियो ।
सन्दीपलाई आज बुधबार राति नै विदेश पठाउने तयारीमा क्यान लागि परेको क्यानका कार्यवाहक सचिव दुर्गाराज पाठकले जानकारी दिएका छन् । आईसीसीसँग खेलाडी परिवर्तनका लागि पत्रचार गरिसकेकाले अनुमति आउन साथ उनलाई टोलीमा समावेश गरिने छ ।

क्यानले यसअघि नै आइसीसी विश्वकप लिग–२ का लागि अन्य खेलाडीसँगै सन्दीपको नाम दर्ता गराइसकेको थियो । क्यानले अहिले खेलाडी परिवर्तनका लागि प्रक्रिया गरिरहेको छ । कुन खेलाडीलाई नेपाल फिर्ता पठाउने भन्ने विषयमा भने अहिलेसम्म निर्णय भइसकेको छैन । नेपाली राष्ट्रिय क्रिकेट टोली आइसीसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिजका लागि युएई भ्रमणमा छ । नेपालले बिहिबार घरेलु टोली युएईसँग खेल्ने तालिका छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७