लिग–२ खेल्न दुवई गए सन्दीप


१७ फाल्गुन २०७९, बुधबार
sandeep lamichhane 20190401072744

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछाने आईसीसी स्वीकृति आएपछि युएई उडेका छन् ।
गर्दै क्यानका म्यानेजर विनोद दासले आईसीसी स्वीकृति आएपछि नै सन्दीप युएईको लागि उडेको जानकारी दिएका छन् । उनले आईसीसीले सन्दीपलाई टिममा राख्न स्वीकृत दिएको जानकारी दिए । उनी स्वीकृति आएपछि नै युएईका लागि उडेका हुन् ।’

युएईमा भोलि हुने नेपाल र युएईको खेल खेल्न सन्दीप आज युएई गएका हुन् । यसअघि शनिबार नै युएई गईसकेको छ । सन्दीप उच्च अदालत पाटनले २० लाख धरौटी र १० सर्तमा विदेश भ्रमणमा प्रतिबन्ध लगाएका कारण सन्दीप नेपालको युएई भ्रमणका लागि घोषणा गरिएको टोलीमा थिएनन् ।

काठमाडौं जिल्ला अदालतले काठमाडौं बाहिरसहित विदेश जान रोक लगाएकाले सन्दीप सो टिममा नपरेपछि उनले समावेश हुन पाउने पर्ने मागसहित ११ गते पुनरावेदनकोलागि सर्वोच्च गएका थिए । उक्त पुनरावेदन शुक्रबार न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले हेरेको थियो । तर उक्त रिटमा अग्राधिकार दिँदै आइतबारलाई सुनवाइ सारेको थियो ।

त्यसपछि न्यायाधीशद्वय सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासमा बहस नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखिएको थियो भने उनीहरुको इजलासले सोमबार सन्दीपलाई विदेश जाने अनुमति दिएको हो । आइसिसी विश्वकप लिग–२ अन्तर्गतको युएईमा हुने ४ मध्ये तीन खेल बाँकी छ । एक खेलमा नेपालले पपुवा न्यूगिनीलाई हराईसकेको छ । यो श्रृखलाको अन्तिम ४ खेल भने नेपालमै हुनेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७