युएईविरुद्ध सन्दीपले दिलाए दोस्रो सफलता


१८ फाल्गुन २०७९, बिहीबार
cricketnepal2023 03 02 12 59 44

काठमाडौं । आइसीसी विश्वकप लिग– २ अन्तर्गत त्रिकोणात्मक एक दिवसीय सिरिजको महत्वपूर्ण खेलमा नेपाल र युएईबीचको खेल चलिरहेको छ । दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा युएईविरुद्ध नेपालले टस जितेर फिल्डिङ रोजेको नेपालले युएईको दोस्रो विकेट लिएको छ ।

सन्दीप लामिछानेले नेपाललाई दोस्रो सफलता दिलाएका हुन् । आफ्नो दोस्रो ओभर बलि गर्न आएका सन्दीपले ओभरको चौथो बलमा वृत्य अरविन्दलाई आउट गरे । अरविन्दलाई कुशल भुर्तेलले स्लिपमा क्याच गरे ।

१४ ओभरमा युएईले दुई विकेटको क्षतिमा ४८ रन बनाएको छ । यसअघि पहिलो ओभरमै करण केसीले विकेट लिएपछि युएईले पहिलो विकेट गुमाएको थियो । नेपालले लगातार पछिल्लो छैटौँ म्याचमा टस जितेको र फिल्डिङ रोजेको हो । यसअघिका पाँचवटै म्याचमा नेपालले लक्ष्य पछ्याएर जित हासिल गरेको छ । आजको खेल पनि जितेर नेपाल जितको डबल ह्याट्रिक बनाउने लक्ष्यमा छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७