भोजपुरमा चट्याङ लागेर बालकको मृत्यु, एक घाइते


१९ फाल्गुन २०७९, शुक्रबार
death
सांकेतिक तस्वीर

भोजपुर । भोजपुरमा चट्याङ लागेर एक बालकको ज्यान गएको छ भने एक जना घाइते भएका छन् । बिहीबार षडानन्द नगरपालिका–१२ तिप्लेका १३ वर्षीय सरोज भुजेलको चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

चट्याङ लागेर घाइते भएका सरोजलाई तुम्लिङटार अस्पताल लगिएकोमा अस्पतालले मृत घोषणा गरेको हो । चट्याङ लागेर स्थानीय २५ वर्षीय प्रदीप भुजेल घाइते भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७