गायक आशिष ताम्राकारको निधन


१९ फाल्गुन २०७९, शुक्रबार
aashish

काठमाडौं । गायक आशिष ताम्राकारको निधन भएको छ । ताम्राकारको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा निधन भएको हो । उनी लामो समयदेखि कलेजो र मिर्गौलाको समस्याबाट पीडित थिए । ४४ वर्षको उमेरमा उनको निधन भएको हो ।

उनका ‘प्रेमपत्र लेख्दै पातपातमा, मलाई पनि सँगै लैजाऊ, एक्लै रुनु कति रुनु, बिहानीको घाम हौ कि’ लगायतका गीतहरु चर्चित छन् । स्थायी घर खोटाङ भइ काठमाडौं बस्दै आएका ताम्राकारका श्रीमती र दुई छोरी छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७