नेपाल संवत् मौलिक पहिचान : केपी ओली


३ कार्तिक २०७४, शुक्रबार

काठमाडौं : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपाल संवत् नेपालीको मौलिक पहिचान बोकेको पर्व भएको बताएका छन् ।
नयाँ वर्ष ११३८ को अवसरमा शुक्रबार शुभकामना व्यक्त गर्दै उनले नेपाल एउटा मौलिक संस्कृति र पहिचान भएको देश हो । त्यसैको एउटा उदाहरण नेपाल संवत् पनि हो । यो संवत् नेपालको मौलिक संवत् हो,’ भने ।

kp oli chairman of cpn uml 1

यसका प्रणेता शंखधर साख्वालाई स्मरण गर्दै उनले नेपालीहरु संस्कृतिका धनी छौंँ । यो देशमा बसोवास गर्ने १२५ जाति र यहाँ बोलिने १२३ भाषा नेपालीका निधि हुन् । नेपालमा बस्ने सबै जाति र सम्प्रदायको संरक्षण गर्ने दायित्व सरकारको हो’ उल्लेख गरेका छन्
अध्यक्ष ओलीले आगामी मंसिर १० र २१ गते हुने संघ र प्रदेशको निर्वाचनपछि नेपाली राजनीतिले नयाँ युगमा प्रवेश गर्ने उल्लेख गर्दै यो चुनावले नेपाली राजनीतिलाई स्थिरता तर्फ लगेर देशमा आर्थिक र विकासका एजेण्डालाई स्थापित गर्न सहयोगी हुने विश्वास पनि व्यक्त गरे ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७