मलाई लाग्छ, क्षेत्रीहरु पनि आदिवासी हुन् : उपराष्ट्रपति पुन


२० फाल्गुन २०७९, शनिबार
nandabahadur pun b8KJg0IeIW

काठमाडौँ । उपराष्ट्रपति नन्दबहादुर पुनले क्षेत्रीहरु आदिवासी भएको निष्कर्षमा आफू पुगेको बताएका छन् । उपराष्ट्रपति पुनले क्षेत्रीहरु आदिवासी हुन् वा होइनन् भन्ने कुरामा गहिरिएर अध्ययन गर्न नेपाल मगर संघलाई आग्रह समेत गरे ।

आज (शनिबार) काठमाडौँ कलंकीमा रहेको नेपाल मगर संघको भवन पुनर्निर्माण तथा सालिक अनावरण कार्यक्रममा बोल्दै उनले आदिवासी जनजातिहरुले आफ्नो पहिचानको मुद्दालाई छाड्न नहुने पनि बताए ।

संविधानमा कतिपय विषय समावेश गरिए पनि कतिपय विषय आउन बाँकी रहेकाले त्यसलाई स्थापित गराउनका लागि आदिवासी जनजातिहरुले एकताबद्ध भएर सरकारलाई खबरदारी गरिरहनु पर्ने पनि उपराष्ट्रपति पुनको भनाई थियो । उपराष्ट्रपति पुनले आदिवासी जनजातिहरुको पहिचान स्थापित गराउनका लागि आफूले सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।

क्षेत्रीहरु आदिवासी हुन् कि होइनन् भन्ने कुरा अलि गहिरो विषय छ । यसको इतिहास, तथ्यहरु हामीले हेर्न जरुरी छ । मलाई लाग्छ–क्षेत्रीहरु पनि आदिवासी हुन भन्ने कुरा चाँही सही हो । यसका लागि आन्दोलन पनि उठेको थियो । त्यो आन्दोलन एउटा निष्कर्षमा जान सकेन । त्यसले दायाँबायाँ मोड लिन पुग्यो ।’

उनले भने, ‘त्यसो भएको हुनाले अलि गहिरिएर हामीले अध्ययनहरु गर्नुपर्ने, घोत्लिएर हेर्नुपर्ने, अलि छलफल गर्नुपर्ने कुनै आग्रह, पूर्वाग्रह विना हामी अलि माथि उठेर हामीले सबै आदिवासी समूदायलाई एकतावद्ध गर्न सक्नु पर्दछ । मेरो अध्ययनले क्षेत्रीहरु आदिवासी नै हुन् भनेर महसुस गर्छ । पहिचानको मुद्दालाई हामीले कहिल्यै पनि छोडनु हुँदैन । हाम्रा कतिपय मुद्दाहरु संविधान सम्बोधन हुने क्रममा छन । त्यसका लागि हामीले संविधान संशोधनका लागि कोशिसहरु गर्नेछौं ।’

उपराष्ट्रपति पुनले आदिवासी जनजातिहरुको एकता टुट्यो भने उनीहरुले उठाउँदै आएका पहिचानको मुद्दा पनि ओझेलमा पर्ने तर्क गरे । उनले नेपाल मगर संघले आदिवासी जनजाति योद्धाहरुको योगदानको स्मरण गर्दै अघि बढ्नुपर्ने बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७