सुदूरपश्चिमका मुख्यमन्त्री शाहले पाए विश्वासको मत


२१ फाल्गुन २०७९, आईतवार
kamal shaha

कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले दुई तिहाइ बहुमतका साथ विश्वासको मत पाएका छन् ।
प्रदेश सभाको आज (आइतबार) आह्वान गरेको बैठकमा मुख्यमन्त्री शाहले दुई तिहाइ प्रदेश सभा सदस्यहरुको विश्वासको मत प्राप्त गरेका हुन् ।

प्रदेश सभामा मुख्यमन्त्री शाहले आफ्नो दल कांग्रेसका १९ (आफूसहित), नेकपा माओवादी केन्द्रका १० (सभामुख बाहेक), नागरिक उन्मुक्ति पार्टीका ७, एकीकृत समाजवादीका ४ र १ जना स्वतन्त्र प्रदेश सभा सदस्य गरी ४१ जनाले विश्वासको मत दिएका हुन् ।

५३ सदस्यीय रहेको प्रदेश सभामा नेकपा एमालेले ९ जना (उपसभामुख बाहेक) र राप्रपाले १ जना प्रदेश सभा सदस्यका साथ प्रतिपक्षमा बस्दै मुख्यमन्त्री शाहलाई विश्वास मत नदिएको हो ।

संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री बनेका निवर्तमान मुख्यमन्त्री राजेन्द्र सिंह रावलले प्रदेश सभामा विश्वासको मत गर्न नसक्दा उनी नेतृत्वको सरकार ढलेको थियो । त्यसपछि धारा १६८ को उपधारा ३ बमोजिम मुख्यमन्त्री शाह नियुक्त भएका हुन् । उनी माघ २६ गते नियुक्त भएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७