‘ए’ डिभिजन लिग फुटबल : आज तीन खेल हुँदै


२७ फाल्गुन २०७९, शनिबार
futsal and football
फाइल फोटो

काठमाडौँ । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज (शनिबार) तीन खेल हुँदैछन् । आज दशरथ रङ्गशालामा दुई वटा र च्यासल मैदानमा एउटा खेल हुनेछ ।

दशरथ रङ्गशालामा हुने खेलमा जावलाखेल युथ क्लब र एपीएफ दिउँसो साढे २ बजे खेल्दै छन् । त्यस्तै दिउँसो साढे २ बजे नै च्यासलमा नेपाल पुलिस क्लब र सङ्कटाबीच खेल हुनेछ । बेलुका साढे ५ बजे दशरथ रङ्गशालामा फ्रेड्स क्लब र सातदोबाटोबीच खेल हुनेछ ।

लिगमा हिजोदेखि तेस्रो चरणका खेल सुरु भएका हुन् । यस सिजनको ‘ए’ डिभिजन लिग डबल राउण्ड रोबिनको आधारमा भइरहेको छ । यस पटकको लिगमा कुल १ सय ८२ खेल हुनेछन् । यस पटकको लिग विजेताले ७५ लाख, दोस्रो टोलीले ५० लाख र तेस्रो हुने टोलीले २५ लाख रुपैयाँ पाउने छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७