शीर्ष स्थानको आर्सनल विजयी


२९ फाल्गुन २०७९, सोमबार
arsneal

काठमाडौँ । इङलिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको आर्सनल विजयी भएको छ । गए राति भएको खेलमा फुलहमलाई ३–० गोल अन्तरले हराउँदै आर्सनल विजयी भएको हो ।

जितसँगै आर्सनलले ६६ अङ्क जोडेको छ । म्यानचेस्टर सिटी ६१ अङ्कका साथ दोस्रो स्थानमा छ । तेस्रो स्थानमा रहेको म्यानचेस्टर युनाइटेड भने साउथह्याम्टनसँग गोलरहित बराबरीमा रोकिएको छ ।

गए रातिको खेल बराबरी भएसँगै युनाइटेडले अङ्क बाँडेको छ । उसको ५० अङ्क छ । यस्तै गए राति नै भएका अरु खेलमा वेस्टह्याम र एस्टोन भिल्लाले एक एक गोलको बराबरी खेलेका छन् भने न्यूक्यासलले वुल्भ्स्लाई २–१ गोल अन्तरले हराएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७