महोत्तरीमा आगलागीमा परेर एक महिलाको मृत्यु


२ चैत्र २०७९, बिहीबार
fire

महोत्तरी । महोत्तरीको बलवामा आगलागीमा परेर एक महिलाको ज्यान गएको छ । बलवा नगरपालिका– ४ परौल निवासी ५० वर्षीया चन्दर देवीको आगोले जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

आगोले जलेर गम्भीर घाइते भएकी उनको उनको उपचारको क्रममा बुधबार साँझ प्रादेशिक अस्पताल जनकपुरमा मृत्यु भएको हो । गत शनिबार स्थानीय रामसागर यादवको घरमा आगलागी हुँदा चन्दरसहित दुई जना गम्भीर घाइते भएका थिए ।

आगलागीमा परी घाइते भएका ५२ वर्षीय जयकरण यादवलाई प्रादेशिक अस्पताल जनकपुरमा सामान्य उपचार गरी थप उपचारको लागि काठमाडौं लगिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७