रियल र नेपोली च्याम्पियन्स लिगको अन्तिम आठमा


२ चैत्र २०७९, बिहीबार
real madrid vs liverpool Nclp5nO4wT

काठमाडौँ । स्पेनिस क्लब रियल मड्रिड यूईएफए च्याम्पियन्स लिग फुटबलको क्वार्टर फाइनलमा प्रवेश गरेको छ । बुधवार राति भएको दोस्रो लेगमा इङलिस क्लब लिभरपुललाई १–० गोल अन्तरले हराउँदै समग्रमा ६–२ गोल अन्तरको जितसहित रियल मड्रिड अन्तिम ८ मा पुगेको हो ।

पहिलो लेगमा रियल मड्रिडले लिभरपुललाई ५–२ गोलको फराकिलो अन्तरले हराएको थियो । बुधवार राति घरेलु मैदान सान्टियागो बर्नबेउमामा भएको खेलमा रियल मड्रिडका लागि करिम बेन्जिमाले गोल गरे ।

यस्तै बुधवार राति नै भएको अर्काे खेलमा इटालियन क्लब नेपोली पहिलो पटक यूईएफए च्याम्पियन्स लिगको क्वार्टर फाइनलमा पुगेको छ । जर्मनको आइनट्राख्ट फ्रान्कफुर्टलाई दोस्रो लेगमा ३–० गोल अन्तरले हराउँदै समग्रमा ५–० गोल अन्तरको जितसहित नेपोली पहिलो पटक क्वार्टर फाइनलमा पुगेको हो ।

पहिलो लेगमा नेपोलीले आइनट्राख्ट फ्रान्कफुर्टलाई २–० गोल अन्तरले हराएको थियो । बुधवार राति घरेलु मैदान डिएगो अर्मान्डो म्याराडोना स्टेडियममा भएको खेलमा नेपोलीका लागि भिक्टर ओसिमहेनले २ र पिओटर जिलेन्स्कीले १ गोल गरे ।
योसँगै च्याम्पियन्स लिगको क्वार्टर फाइनल समीकरण पूरा भएको छ । क्वार्टर फाइनल ‘ड्र’ यूईएफए मुख्यालय स्विट्जरल्यान्डको नियोनमा भोलि शुक्रवार हुँदैछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७