उपराष्ट्रपतिमा मतदानपछि ओलीको प्रतिक्रिया : यो डेमोक्रेटिक सिस्टम होइन, साँठगाँठवाला


३ चैत्र २०७९, शुक्रबार
oli

काठमाडौँ । नेकपा (एमाले) एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले उपराष्ट्रपति पदको निर्वाचनमा मतदान गरेका छन् । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा रहेको मतदान केन्द्रबाट उनले मतदान गरेका हुन् । उपराष्ट्रपति निर्वाचनअन्तर्गत आज बिहान १० बजेदेखि मतदान जारी छ ।

संसद भवन नयाँबानेश्वरमा जारी मतदानपछि उनले पत्रकारहरुसँग संक्षिप्त कुराकानी गरेका छन् । संसद भवनबाट बाहिरिने क्रममा सत्ता गठबन्धनतिर लक्षित गर्दै साँठगाँठमा रमाएको बताए । ‘यो डेमोक्रेटिक सिस्टम होइन, साँठगाँठवाला सिस्टम हो’, उनले भने, ‘साँठगाँठ गरेर अघि बढेका छन् ।’

उनले केन्द्रबाट प्रदेशसम्म सत्ता गए पनि आफूहरुलाई फरक नपर्ने बताए । ‘सत्ता गएर के हुन्छ, हामी प्रतिपक्षमा बस्छौँ’, उनले भने, ‘प्रतिपक्षमा बस्दैमा राजनीति सकिने होइन, अमेरिकामा पनि रिपब्लिकन पार्टी प्रतिपक्षमा बसेकै हो, उसको राजनीति सकिएको छैन ।’

उनले संक्रमणकालीन न्यायसम्बन्धी व्यवस्थाको कानुनबारे आफूहरुले संसदमा स्पष्ट बोल्ने बताए । ‘टीआरसीबारे हामी संसदमा स्पष्ट रुपमा बोल्छौँ’, उनले भने, ’टुंग्याउनुपर्छ तर राम्रो गरेर ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७