‘कोशी’विरुद्ध उग्र प्रदर्शन, विराटनगरमा हवाइ फायर, (तस्वीरहरु)


५ चैत्र २०७९, आईतवार
koshi pradesh 3 1

विराटनगर । प्रदेशसभाबाट ‘कोसी प्रदेश’ नामकरणको विरोधमा आदिवासी जनजाति समुदायले गरेको प्रदर्शनका कारण आज (आइतबार) मोरङको विराटनगर तनावग्रस्त बनेको छ । प्रदर्शनकारीहरूले निषेधित क्षेत्र तोडेर सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्न थालेपछि सुरक्षाकर्मीले अश्रुग्यासका साथै हवाई फायर गरेका हुन् । आइतबार दिउँसोसम्म प्रदर्शनकारी र प्रहरीबीच ढुंगामुढा चल्दा विराटनगर तनावग्रस्त बनेको छ ।


प्रदर्शन अनियन्त्रित बन्दै गएपछि सशस्त्र प्रहरीले केही राउण्ड हवाई फायर गरेको छ । यस्तै सुरक्षाकर्मीहरूले दर्जनौं सेल अश्रुग्यास समेत प्रहार गरेका छन् । प्रदेश–१ पुनः नामांकन संयुक्त संघर्ष समिति गठन गरी आदिवासी जनजाति समुदायले प्रदर्शन गर्दै आएका छन् । आइतबार मुख्यमन्त्रीको कार्यालय अगाडि प्रदर्शनको क्रममा प्रहरीसँग झडप समेत भएको छ ।

कोशी प्रदेश नामकरणपछि हुन लागेको विरोध प्रदर्शन रोक्न जिल्ला प्रशासन कार्यालय मोरङले विराटनगरका केही स्थानलाई निषेधित क्षेत्र घोषणा गरेपछि पूर्व निधारित स्थान परिवर्तन गरी पहिचान पक्षधरहरुले लोकतान्त्रिक चौकमा प्रदर्शन गरिरहेका हुन् ।

koshi prasesh 5

यसअघि उनीहरुले मुख्यमन्त्री कार्यालय र प्रदेश सभा भवनअगाडिको क्षेत्रमा प्रर्दशन गर्ने तयारी थियो । यद्यपि पहिचान पक्षधरहरुले ती स्थानमा प्रदर्शन गर्ने सूचना पाएपछि स्थानीय प्रशासनले मुख्यमन्त्तीको कार्यालय आसपास र प्रदेश सभा भवन आसपासको क्षेत्रमा शनिवारदेखि लागु हुने गरी निषेधित क्षेत्र घोषणा गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७