बुढीनन्दा क्याम्पसमा झडपपछि २४ राउण्ड हवाई फायर, खुकुरी देखाइएपछि निर्वाचन स्थगित

डोटीमा क्रान्तिकारीले फुटायो मतपेटिका


५ चैत्र २०७९, आईतवार

बाजुरा । नेकपा एकीकृत समाजवादी सम्बद्ध अनेरास्ववियूका विद्यार्थीले खुकुरी देखाएपछि बाजुराको बुढीनन्दा क्याम्पसको निर्वाचन दुई घण्टादेखि स्थगित भएको छ ।

एकीकृत समाजवादी र नेकपा एमाले सम्बद्ध विद्यार्थीबीच झडप भएपछि स्ववियु निर्वाचन बिथोलिएको हो । यस क्रममा प्रहरीले कम्तिमा २४ राउण्ड हवाई फाइर गरेको छ । भीड नियन्त्रण गर्न अश्रु ग्यसासहित हवाई फायर गर्नुपरेको इलाका प्रहरी कार्यालय कोल्ठीका प्रहरी निरीक्षक सुरेश सिंहले जानकारी दिएका छन् ।

उनका अनुसार आइतबार विहान मतदान गर्ने क्रममा एकीकृत समाजवादीका विद्यार्थीले खुकुरी प्रदर्शन गरेका थिए । प्रहरीले दावा गुरुङ नामका व्यक्तिलाई नियन्त्रण लिएको छ । दुई पक्षबीच सहमति गराउने प्रयास गरे पनि हुन नसकेको सिंहले बताए ।
बुढीनन्दामा ४१२ मतसंख्या रहेका छन् । जसमध्ये ५३ मतमात्र खसेको छ । निर्वाचन बिथोल्ने प्रयासस्वरुप यस्तो कार्य भइरहेक विद्यार्थी नेताहरूले बताएका छन् । आज देशभरिका क्याम्सहरूमा १४ वर्षपछि स्ववियु निर्वाचन भइरहेको छ ।

डोटीमा क्रान्तिकारीले फुटायो मतपेटिका
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विद्यार्थी संगठन अखिल क्रान्तिकारीले डोटी बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचनको मतपेटिका फुटाएका छन् । आइतबार जारी स्ववियु निर्वाचनमा फर्जी मत हालेको भन्दै क्रान्तिकारीले मतपेटिका फुटाएको हो । मतपेटिका तोडफोड भएपछि मतदान प्रभावित भएको छ ।

झडपले ठूलो रूप लिन खोज्दा नेपाल प्रहरीले पाँच वटा अश्रु ग्यास र २० भन्दा बढी हवाई फायर गरेर भिड नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायब उपरीक्षक कबिन्द्रसिहं बोहोराले बताए । भीडले उग्ररूप लिएपछि प्रहरीले हवाई फाएर गरेको प्रहरी प्रमुख बोहराले जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७