भट्टराई काँग्रेस र नयाँ शक्तिका साझा उम्मेदवार


४ कार्तिक २०७४, शनिबार

काठमाडौं  : नयाँ शक्तिका संयोजक साथै पूर्व प्रधानमन्त्री डा. बाबाुराम भट्टराई प्रतिनिधिसभाको चुनावमा गोरखा २ बाट उम्मेदवार बन्ने पक्का भएको छ।
काँग्रेस र नयाँ शक्तिबीच तालमेल गर्ने सहमति भएपछि गोरखा २ मा प्रतिनिधिसभा चुनावमा भट्टराईलाई काँग्रेसले सघाउने सहमति भएको छ । भने प्रतिनिधिसभामा गोरखा १ काँग्रेसले लिने भएको छ ।

Baburam

शुक्रवार बसेको काँग्रेसको बैठकले गोरखा १ प्रतिनिधिसभा चुनावमा केन्द्रीय सदस्य चीनकाजी श्रेष्ठलाई काँग्रेसले अगाडी सारेको छ । २ मा नयाँ शक्तिलाई काँग्रेसले सघाउने छन् भने । १ मा काँग्रेसलाई नयाँ शक्तिले सघाउने सहमति भएको छ । तर, भट्टराई आँखा वा रुख कुन चिन्हबाट चुनाव लड्ने टुंगो लागेको छैन।
यस्तै गोरखा १ मा दुवै प्रदेश काँग्रेसले पाएको छ । काँग्रेसबाट प्रदेश (क) मा धिरन थापालाई उम्मेदवार बन्ने छ भने (ख) मा राजेन्द्र बजगार्इँले उम्मेदवार बन्ने पक्का भएको छ । गोरखा २ को प्रदेश (क) र (ख) को टुङगो आज लाग्ने छ । स्रोतका अनुसार नयाँ शक्तिले प्रदेश (क) मागेको छ । भने, काँग्रेस दुवै प्रदेश आफूले पाउनुपर्ने दाबी गर्दै आएको छ।
वाम गठबन्धनले भने गोरखा १ र २ मा नै टुङगो लगाई सकेका छन् । माओवादीले गोरखाको १ र २ नै प्रतिनिधिसभा लिनुका साथै ३ वटा प्रदेश पनि पाएको छ । एमालेलाई माओवादीले गोरखा १ को (ख) प्रदेश दिएको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७