आजबाट सबै सांसद भूतपूर्व


४ कार्तिक २०७४, शनिबार
samsad hal 2व्यवस्थापिका–संसद्को

काठमाडौं : कार्तिक ४ गते शनिवारबाट सबै सांसद्हरु भूतपूर्व बनेका छन् । भोलि अर्थात् आइतबार पहिलो चरणको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मनोनयन दर्ता रहेको कारण आजबाट अहिलेका सबै सांसदहरु भूतपूर्व बनेका हुन् ।

samsad hal 2व्यवस्थापिका–संसद्को

नेपालको संविधानको धारा २९६ मा रुपान्तरित व्यवस्थापिका सांसदको कार्यकाल २०७४ माघ ७ गतेसम्म रहने पनि प्रतिनिधिसभाको चुनाव अगाडी हुने भएकोले मनोनयनपत्र दर्ता गर्ने अघिल्लो दिनसम्म व्यवस्थापिका संसद् कायम रहने संवैधानिक व्यवस्था रहेकोले सबै सांसदहरु भूतपूर्व बन्ने भएको हो ।
सोही व्यवस्था अनुसार कात्तिक ४ गते शनिवारबाट अहिलेका सबै सांसदहरुको कार्यकाल सकिएको हो ।

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७