इङल्याण्ड र पोर्चुगलको जित यात्रा कायम


१३ चैत्र २०७९, सोमबार
England FYHhqp6Kt7

पेरिस । युरो २०२४ मा इङल्याण्ड र पोर्चुगलले आइतबार आफ्नो जित यात्रा कायम राखेका छन् । वेम्बलीमा भएको समूह ‘सी’ को खेलमा इङल्याण्डले युक्रेनलाई सजिलै २–० ले हरायो । त्यसमा ह्यारी केन र बुकाया साकाले एक–एक गोल गरे ।

यस्तै, इटाली भने माल्टामाथि २–० को जित निकाल्न सफल रह्यो । यस्तै, समूह ‘जे’ मा क्रिस्टियानो रोनाल्डोको दुई गोलको मद्दतले पोर्चुगलले लक्जेम्बर्गलाई ६–० ले हरायो । इङल्याण्ड र पोर्चुगल दुवैको यो लगातार दोस्रो जित हो ।

आइतबारका अन्य खेलमा काजाकिस्तानले डेनमार्कलाई ३–२, फिनल्यान्डले उत्तरी आयरल्याण्डलाई १–०, आइसल्याण्डले लेचेस्टाइनलाई ७–०, स्लोभेनियाले सान मारिनोलाई २–० र स्लोभाकियाले बोस्निया हर्जगोभिनालाई २–० ले हरायो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७