सन्दीपविरूद्ध मुद्दाको सुनुवाइ स्थगित


१३ चैत्र २०७९, सोमबार
sandeep lamichhane 20190401072744

काठमाडौं । नेपाली क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछाने विरुद्धको जबरजस्ती करणी मुद्दाको पेशी स्थगित भएको छ । काठमाडौं जिल्ला अदालतमा आज (सोमबार) का लागि तोकिएको मुद्दाको पेशीको सुनुवाइ स्थगित गर्न सन्दीप पक्षका कानुन व्यवसायीले निवदेन दिएपछि स्थगित भएको हो ।

कानुन व्यवसायी मुरारी सापकोटाले प्रतिवादीका तर्फका कानुनी व्यवसायीले सुनुवाइ स्थगित गर्न निवेदन दिएपछि स्थगित भएको जानकारी दिए । न्यायाधीश माधवप्रसाद घिमिरेको एकल इजलासको चौथो नम्बरमा मुद्दाको पेशी तोकिएको थियो ।
यसअघि गत कातिक १८ गते घिमिरेको इजलासले सन्दीपलाई मुद्दामा पुर्पक्षाका लागि थुनामा पठाउने आदेश गरेको थियो। तर, पछि पाटन अदालतले जिल्लाको आदेश उल्टाउँदै सन्दीपलाई २० लाख धरौटीमा छोड्ने आदेश दिएको थियो ।

जबरजस्ती करणी मुद्दामा सन्दीप दोषि हुन् वा निर्दोष ? भन्ने विषयमा काठमाडौं जिल्ला अदालतले आज टुंगो लगाउने छ । सोमबार सरकारी वकिल र पीडितको तर्फबाट कानुन व्यवसायीले बहस गर्ने तयारी छ । पीडित पक्षका कानुन व्यवसायी पछि सन्दीपको तर्फबाट कानुन व्यवसायीले बहस गर्ने जनाइएको छ ।

यसअघि सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासले सन्दीपलाई धरौटीमा छाड्ने उच्च अदालतको आदेश सदर गर्दै विदेश जान अनुमति दिएको थियो । सर्वोच्चको आदेश लगत्तै उनी दुबईमा क्रिकेट खेलेर फर्किएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७