अफगानिस्तानलाई पाकिस्तानले ६६ रनले हरायो


१४ चैत्र २०७९, मंगलवार
cricket NAvYnTCJvA

काठमाडौं । अफगानिस्तानसँगको तेस्रो तथा अन्तिम टी–२० क्रिकेटमा पाकिस्तान ६६ रनले विजयी भएको छ । गए राति शारजहामा भएको खेलमा पाकिस्तानले अफगानिस्तानलाई १८३ रनको लक्ष्य दिएको थियो । अफगानिस्तान १८ ओभर ४ बलमा ११६ रनमा समेटियो ।

पाकिस्तान अन्तिम खेलमा विजयी हुँदा श्रृङ्खला क्लिन स्वीप हुनबाट जोगिएको छ । अफगानिस्तानका आजमतुल्लाह ओमरजाइले सर्वाधिक २१ रन बनाए । पाकिस्तानका इहसनउल्लाह तथा शादब खानले समान ३ विकेट लिए । इमाद वासिम, जमान खान र मोहम्मद वासिम जुनियरले एक/एक विकेट लिए । त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १८२ रन बनाएको थियो । पाकिस्तानका सैम अयुबले सर्वाधिक ४९ रन बनाए ।

अफगानिस्तानका मुजिब उर रहमानले २ विकेट लिए । फजलउहक फारुकी, मोहम्मद नाबी, फरिद अहमद, राशिद खान र करिम जन्नतले एक/एक विकेट लिए । पाकिस्तानले तेस्रो खेल जिते पनि अफगानिस्तानले शृङ्खला २–१ ले जितेको छ ।

पहिलो खेलमा अफगानिस्तान ६ विकेटले तथा दोस्रो खेलमा ७ विकेटले विजयी भएको थियो । अफगानिस्तानले पाकिस्तानसँग जितेको यो पहिलो श्रृङ्खला हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७