सुकुम्बासी र प्रहरीबीच बानेश्वरमा झडप


१४ चैत्र २०७९, मंगलवार
baneshwor

काठमाडौं । भूमि अभियान्तामाथि लगाइएको झुठा मुद्दा खारेज गर्नुपर्ने माग राख्दै सुकुम्बासीहरुले आज (मंगलबार) पनि काठमाडौंमा विरोध प्रदर्शन गरेका छन् । विरोध प्रदर्शनमा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ ।

भूमि अभियान्तालाई निशर्त रिहाई गर्नुपर्ने र झुठा मुद्दा खारेज गर्नुपर्ने भन्दै संयुक्त राष्ट्रिय सुकुम्वासी मोर्चाको नेतृत्वमा काठमाडौंको माइतिघरदेखि नयाँ बानेश्वरसम्म प्रदर्शन गरिएको हो ।

प्रदर्शनमा सहभागीहरुले बसोबासको अधिकार सुनिश्चित गर, भूस्वामित्वको ग्यारेन्टी गर, भूमि अभियान्ताहरुलाई रिहाई गरलगायतका प्लेकार्ड प्रदर्शन गरेका थिए । उनीहरुले आफूहरुलाई अहिले बसोबास गरिरहेको स्थानबाट हटाउन लागिएको भन्दै काठमाडौं महानगरबिरुद्ध नारावाजी गरेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७